कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।
संयुक्त राष्ट्र संघको ७९ औँ महासभाका क्रममा राष्ट्रपतिले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओली, प्रथम महिला राधिका समेत सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले आजै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गरेका थिए ।
प्रधानमन्त्रीले वर्तमान विश्व आमूल परिवर्तनको मोडमा रहेको बताउँदै धनी र गरिब, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाशबीचको विरोधाभासमा रहेको उल्लेख गरेका थिए । साथै उनले मानव जाति र पृथ्वी जलवायुको विपत्तिमा रहेको वास्तविकता प्रस्तुत गरेका थिए ।