बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भुटानी राजालाई भेट्न जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह

शुक्रबार, असोज ११ २०८१

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकसँग भेटवार्ताको सिलसिलामा उनी भुटान जान लागेका उनको सचिवालयले जानकारी दिएको छ ।

संवाद सचिव फणिराज पाठकले आगामी हप्ता शाह भुटान जान लागेको जानकारी दिएका छन् । ज्ञानेन्द्रको भ्रमणबारे थप विवरण भने खुलाइएको छैन । उनी नौरथामा भुटान भ्रमणमा जाने र दशैंको टीकामा स्वदेश फर्किसक्ने सचिव पाठकले बताए।