शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

४९ अंकले बढ्यो नेप्से

सामुहिक लगानी कोष बाहेक सबै सुचक हरियो

बुधबार, असोज ९ २०८१

काठमाडौं। नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन ५८ अंकले घटेको नेप्से आज बुधबार ४९ दशमलव १८ अंकले बढेर २५ सय १९ दशमलव ५७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ९१ अंकले बढेर चार सय ५२ दशमलव ८० अंकमा चढेको छ । तीन सय २७ वटा कम्पनीहरुको ६९ हजार चार सय १८ पटकको कारोबारमा एक करोड २४ लाख ९८ हजार नौं सय ८९ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम चार अर्ब ८१ करोड ३२ लाख २३ हजार चार रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक घटेपनि बाँकी समुहहरुको सुचक भने बढेर हरियो भएको छ । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक २५ दशमलव ८३ अंकले बढेर १४ सय ५५ दशमलव १४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ७८ दशमलव ८४ अंकले बढेर तीन हजार ९९ दशमलव ८७ अंकमा पुगेको छ चढेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ३१ दशमलव ४१ अंकले बढेर १२ हजार तीन सय ३९ दशमलव ८० अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय नौं दशमलव शुन्य एक अंकले बढेर १२ हजार छ सय ९३ दशमलव ४७ अंकमा चढेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि बढेर हरियो भएका छन्।

नेप्सेमा आज वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने हिमालयन हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।