बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

असोज १२ देखि दशैंको अग्रिम टिकट बुकिङ खुल्ने

मंगलबार, असोज ८ २०८१

काठमाडौँ – दशैंका लागि यही असोज १२ गते शनिबारदेखि गाडीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूको छलफलपछि बुकिङ खुलाउने निर्णय भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका  अनुसार यात्रुको चाप हुने क्षेत्रमा यात्रु सहायता कक्षहरू स्थापना गरिनेछ । यसअघि भौतिक मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्ने सहितका सहमति भई अग्रिम बुकिङ खुलाउने सहमति भएको थियो ।

काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूका लागि टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो । करिब २० लाख मानिसहरू दशैंका लागि उपत्यकाबाट बाहिरिने अनुमान छ ।