शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा ५८ अंकको भिषण पहिरो, सबै सुचक राताम्मै

मंगलबार, असोज ८ २०८१

काठमाडौं । नेप्सेमा पुन पहिरो गएको छ । अघिल्लो दिन ५९ अंकले घटेको नेप्से आज मंगलबार पनि ५९ दशमलव शुन्य दुई अंकले घटेको नेप्से आज पुन ५८ दशमलव ९३ अंकले घटेर २४ सय ७० दशमलव ३९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ५२ अंकले घटेर चार सय ४४ दशमलव ८८ अंकमा पुगेको छ । तीन सय नौं वटा कम्पनीहरुको ७७ हजार दुई सय ६४ पटकको कारोबारमा एक करोड ५५ लाख चार हजार नौं सय २९ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये सबै समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैक समुहको सुचक २९ दशमलव २३ अंकले घटेर १४ सय २९ दशमलव ३० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ८७ दशमलव २१ अंकले घटेर तीन हजार २१ दशमलव शुन्य दुई अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ५० दशमलव १४ अंकले घटेर १२ हजार एक सय आठ दशमलव ३८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ७६ दशमलव ३६ अंकले घटेर १२ हजार चार सय ८४ दशमलव ८६ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहहरुको सुचक पनि आज उच्च अंकले घटेका छन्।

नेप्सेमा आज अपर स्याङगे हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा हिमालयन हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।