शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द गर्ने त्रिविको निर्णय

२०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन हुने

मंगलबार, असोज ८ २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जुनसुकै परिक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परिक्षा रद्द गर्ने निर्णय गरेको छ।

त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीको अध्यक्षतामा समितिको २०८१ असोज सात गते बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले मौका परिक्षाको व्यवस्था गर्ने निर्णय पनि गरेको छ । त्रिविले प्रकाशित गरेको सूचनामा मानविकी तथा सामाजिक शास्त्र ,व्यवस्थापन , शिक्षा ,कानुन ,विज्ञान तथा प्रविधि अध्ययन संस्थानका बि। स।२०५८ साल देखीका वार्षिक प्रणाली अन्तर्गत र २०६९ साल देखिका सेमेस्टर प्रणालीका विद्यार्थीको लागि एकपटक मौका परीक्षा सञ्चालन गर्ने भएको उल्लेख छ।