शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

हुलास फिनसर्भ हायर पर्चेज र एनएमबि क्यापिटलबिच सम्झौंता

मंगलबार, असोज ८ २०८१

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत २० लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त साधारण शेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

आईतबार हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाईने हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका अध्यक्ष श्री शेखर गोल्छाले जानकारी गराएका छन् । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गैर–बैंकिङ्ग वित्तीय कम्पनी हो । यस कम्पनीले सन् २०१२ देखि ग्राहकहरुलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ।