शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कुमारी बैंक भिसा इन्टरनेशनलद्धारा दुई विधामा सम्मानित

मंगलबार, असोज ८ २०८१

काठमाडौ । कुमारी बैंक भिसा इन्टरनेशनद्धार दुई वटा बिधामा सम्मानित भएका छन् । बैंकका अनुसार यही असोजत चार गते भिसा इन्टरनेशनद्धारा लिडरसिप कन्क्लेभ नेपाल २०२४ सम्मेलनको आयोजना भएको थियो । सो आयोजित लिडरसीप कन्क्लेभ सम्मेलनमा भिसा इन्टरनेशनद्वारा कुमारी बैंक लिमिटेड लाई एक्सीलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेश र एक्सीलेन्स इन क्रस बोर्डर बिजनेशस् अवार्डहरुले सुसम्मानित गरिएको हो।

आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।