काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
लामिछाने जीबी राई सञ्चालित गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।
जिल्ला अदालत पोखराबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको हो ।
गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पनि आजै प्रहरीले पक्राउ गरिसकेको छ । जोशीलाई जरुरी पक्राउ पुर्जी थमाउँदै प्रहरीले पक्राउ गरेको थियो ।