काठमाडौं । सहकारी बचत रकम ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी पक्राउ परेका छन्।
सहकारी ठगी छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया ग्रुपका संचालकसमेत रहेका जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो । उनीमाथि पोखराको सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलनमा जाहेरी परेको छ । अब उनलाई अनुसन्धानका लागि पोखरा पठाइनेछ ।