बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संसदीय छानबिन विशेष समितिको प्रतिवेदन

बचत अपचलन गर्ने सहकारी संचालकको सम्पत्ति रोक्का र जफत गर्न सुझाव

शनिबार, असोज ५ २०८१

काठमाडौँ । सहकारीको बचत रकम हिनमिनाबारे अनुसन्धान गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

करिब साढे तीन महिना लामो अनुसन्धान सकेर गत भदौ ३१ गते प्रतिनिधि सभामा पेश गरिएको उक्त प्रतिवेदन शुक्रबार प्रतिनिधि सभाकै वेबसाइटमा सार्वजनिक गरिएको हो ।

नेकपा एमालेका सांसद सूर्य थापाको सभापतित्वमा गठित काँग्रेस, माओवादी, रास्वपा लगायत प्रमुख दलका प्रतिनिधि सम्मिलित समितिले उक्त प्रतिवेदन तयार गरेको थियो । संसद सचिवालयले सरकारलाई पठाएको उक्त प्रतिवेदन कार्यान्वयनमा लैजानेबारे असोज २ गतेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

प्रतिवेदनले विभिन्न सहकारी र तिनमा संलग्न व्यक्तिहरुबारे अनुसन्धान गरी आवश्यक कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गरेको छ ।

समितिले सहकारी ठगीमा गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित ४ जनालाई कार्वाही गर्न सिफारिश गरेको छ । यस्तै सर्वसाधारणको बचत अपचलन गर्ने सहकारी संचालकको सम्पत्ति रोक्का र जफत गर्न सुझाव दिएको छ ।

  प्रतिवेदनको पूर्णपाठ: