काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले बम्पर दशैं योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार हरेक नेपाली शेयरधनी भन्ने नारालाई आत्मसात गर्दै नेपालीहरुको महान चाड बडा दशंै, शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा बम्पर दशंै तिहार अफर संचालनमा ल्याईएको हो।
कम्पनीका अनुसार यो योजना २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्म कायम रहने छ । यो योजना अन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरो शेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली तीन जना ग्राहकवर्गहरुले स्मार्ट वाच जित्न सक्ने छन् । यसको लागि मिति २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरोशेयर खाता खोल्नु पर्नेछ।
ग्राहकवर्गहरुले यो अफर अन्र्तगत खाता खोल्न कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्ने छन् । यो योजना अन्तर्गत लिङ्कमा गई सिधै अनलाइन डिम्याट र मेरोशेयर खाता खोल्न सकिनेछ । साथै, यस सम्बन्धी थप जानकारीको लागि कार्यालयको ल्याण्ड लाईन नं. ०१–४५२९१४९÷५०, ५९७०१७५ र मोबाईल नम्बर ९८४७३७९१०८ भाईबर, ह्वाट्स एपमा समेत सोझै सम्पर्क गर्न सकिनेछ । अथवा क्यापिटलको सामाजिक सञ्जालहरु मार्फत पनि जानकारी लिन पनि सकिनेछ।