बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चार अंकले घट्यो नेप्से

दुई वटा समुहले कमाउँदा ११ वटाले गुमाए

बुधबार, असोज २ २०८१

काठमाडौं । नेप्से घटेको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से चार अंकले घटेर २५ सय ७६ दशमलव ७६ अंकमा झरेकोमा सेन्सिटिभ पनि शुन्य दशमलव १९ अंकले घटेर चार सय ५९ दशमलव ९२ अंकमा पुगेको छ । तीन सय २० वटा कम्पनीहरुको ८० हजार तीन सय ७८ पटकको कारोबारमा एक करोड ३९ लाख ५२ हजार एक सय २१ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम पाँच अर्ब ६६ करोड ९१ लाख ९४ हजार नौं सय ६१ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा दुई वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव १६ अंकले बढेर १४ सय ६२ दशमलव ४२ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि २० दशमलव ७८ अंकले बढेको छ । बिकास बैंक समुहको सुचक भने आज छ दशमलव ४१ अंकले घटेर पाँच हजार ८७ दशमलव ५३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि पाँच दशमलव ७१ अंकले घटेर ३१ सय ९० दशमलव ७० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३९ दशमलव ६५ अंकले घटेर १२ हजार पाँच सय २४ दशमलव १७ अंकमा पुगेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन्।

नेप्सेमा आज कालिका लघुवित्त वित्तीय संंस्थाले सबैभन्दा बढी कमाउँदा गुडविल फाईनान्सले सबैभन्दा बढी गुमाएको छ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।