शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

शिक्षा ऐन संसदको हिउँदे अधिवेशनको शुरुवातमै पारित गछौँ : महामन्त्री थापा

सरकारको न्युनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी

बुधबार, असोज २ २०८१

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शिक्षा ऐन संसद्को हिउँदे अधिवेशनको शुरुवातमै पारित गर्ने बताएका छन् । बुधवार काठमाडौंको मुलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै उनले शिक्षा ऐन दशैँ तिहार लगत्तै शुरु हुने संसदको हिउँदे अधिवेशनको शुरुवातमै पारित गर्नेगरी अघि बढ्ने तयारी रहेको बताएका हुन् ।

उनले सरकारको न्युनतम साझा कार्यक्रममा पनि शिक्षा ऐनलाई चाँडै पारित गर्ने गरी प्रश्ताव अघि बढाइएको बताए।

उनले सरकारको न्युनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको पनि जानकारी दिए। उनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत समितिमा सहभागी राजनीतिक दलहरुले दलगत हिसावमा समूह बनाएर शिक्षा ऐनलाई सहमतिले पारित गर्नेगरी अघि बढ्न आफूले सुझाव दिएको बताए।