बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

रविलाई विश्वप्रकाशको प्रश्न : समितिले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’ ?

बुधबार, असोज २ २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी रकम अपचलन सम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले क्लियर चिट दिएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदनबारे पनि आफ्ना धारणा राखेका छन् ।

समितिले रास्वपा सभापति लामिछानेलाई प्रचलित कानुनबमोजिम कारबाहीका लागि सिफारिस गर्ने भनेकाले क्लिन चिट नदिएर क्लियर चिट दिएको टिप्पणी गरेका हुन् ।

‘दोस्रो, क्लिन चिट कि ? क्लियर चिट रु स्पष्ट हुनोस् । प्रचलित कानुन बमोजिम कारबाहीकालागि सिफारिस गर्ने, प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौं, भ्रम नछरौं । बरु क्लियर चिट किटान गरेको छ प्रतिवेदनले । चिटको अर्थ, बेइमानी, अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै,’– उनले भनेका छन् ।

संसदीय विशेष समितिले रवि लामिछाने सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेको छ । तर लामिछानेसहित रास्वपाका नेताहरुले भने समितिले आफुलाई क्लिन चिट दिएको भन्दै आएका छन् ।