काठमाडौ । गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा अनिल रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको यही भदौ ३१ गते बसेको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रेग्मीलाई नायब प्रमुख कार्यकारमिा नियुक्त गर्नै निर्णय गरेको हो।
बैंकका अनुसार विगत दुई वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतकोरुपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई असोज १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरिएको हो । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी २०८० चैत्र १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालिन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्ष सहित बैंकिङ क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ वर्ष कार्य गरको अनुभव रहेको छ।
बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रहेका रेग्मीसँग बैंकिङ लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभव समेत रहेको बैंकले जानकारी दिएको छ।