काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार पुन ५७ दशमलव शुन्य तीन अंकले घटेर २५ सय ८० दशमलव ७६ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५४ अंकले घटेर चार सय ६० दशमलव ११ अंकमा पुगेको छ । तीन सय १२ वटा कम्पनीहरुको ९२ हजार आठ सय १५ पटकको कारोबारमा एक करोड ७० लाख ६१ हजार आठ सय सात कित्ता शेयर किनबेच हुँदा कारोबार रकम सात अर्ब ३६ करोड १९ लाख ८८ हजार तीन सय ८३ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहको सुचक घटेर नेप्से राताम्मै भएकोछ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक २३ दशमलव ५६ अंकले घटेर १४ सय ५१ दशमलव २५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ७४ दशमलव ६५ अंकले घटेर ३१ सय ९६ दशमलव ४१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ४४ दशमलव ९६ अंकले घटेर १२ हजार पाँच सय ६३ दशमलव ८३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ५२ दशमलव ७६ अंकले घटेर १२ हजार नौं सय २९ दशमलव ८३ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन्।
नेप्सेमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा गुडविल फाईनान्स लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।