बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कुमारी बैंकद्धारा दुर्घटना बीमा बापतको १० लाख रुपैयाँ भुक्तानी

सोमबार, भाद्र ३१ २०८१

काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवालालई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । बैंकका अनुसार चितवनको भरतपुर महानगरपालिका–२ निवासी खातावाल सुष्मा श्रेष्ठको दुर्घटनामा परेर मृत्यु भएको थियो । सुष्माको मृत्यु भएपछि उनका श्रीमान इन्द्रनारायण श्रेष्ठलाई बीमा वापतको १० लाख रकम हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ।

उक्त रकम कुमारी बैंकको पोखरा बसपार्क शाखाबाट हस्तान्तरण गरिएको बैंकले जनाएको छ । सानिमा जीआईसी इन्स्योरेनस लिमिटेडबाट बीमा दाबी रकम प्राप्त भएपश्चात कुमारी बैंकले रकम भुक्तानी गरेको हो । कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरुले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ । सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगका लागि बीमा सुविधा प्रदान गरिने बैंकको भनाई छ।