काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दहाल नियुक्त भएका छन । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम बैंक संचालक समितिको एक सय ४९ औं बैठकको निर्णयले यही भदौ २८ गते देखि नैं लागु हुनेगरी चार बर्षे कार्यकालको लागि उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो।
नेपाल सरकारको सचिव पदबाट सेवानिवृत्त भएका उनले एम.पि.ए. र एम.बी.ए. गर्नुका साथै कानुनमा स्नातक समेत गरेका छन् । नेपाल सरकारको सेवामा रहँदा उनले विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको लामो समयको अनुभव रहेको छ । उनको कार्यकालमा बैंकले थप उचाई हासिल गर्नै बिश्वास लिएको बैंकको भनाई छ।