बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्धारा सहयोग हस्तान्तरण

सोमबार, भाद्र ३१ २०८१

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौं इन्ष्च्यिुट अफ चाईल्ड हेल्थ (किओच) लाई ५० लाख रुपैंयाँ सहयोग गरेको छ ।  उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले उक्त संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका हुन।

बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, नायव महाप्रबन्धक सुर्य बहादुर तामाङ, नायव महाप्रबन्धक विनय नाथ न्यौपाने लगायतका पदाधिकारीहरु तथा उक्त संस्थाको तर्फबाट डा. भगवान कोइराला, भुवन दाहाल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

बैंकबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्नेगरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पु¥याउने उद्देश्य लिई स्थापना भएको किओचले काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च गर्ने छ।