बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने

सोमबार, भाद्र ३१ २०८१

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दैछन् ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आइतबार माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो ।

प्रतिनिधि सभा बैठक चल्न दिन माओवादी केन्द्र सकारात्मक भएपछि प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् ।

माओवादी केन्द्रका नेताहरु संसद बैठक चल्न दिन सकारात्मक भएपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकलाई सम्बोधन गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजै राति १२ बजेबाट लागू हुनेगरी सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्ने गरी सिफारिस गरेको छ ।