काठमाडौं ।आज साँझ संवैधानिक परिषद्को बैठक बस्दै छ ।
गत २८ गतेको बैठक कुनै निर्णय नगरी सकिएपछि आज पुनः बैठक बस्न लागेको हो ।
बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानन्यायाधीश सिफारिसका विषयलगायत छलफल हुने छ । शुक्रबार बसेको बैठक प्रधानन्यायाधीश सिफारिसबारे छलफल भए पनि निष्कर्षमा पुग्न सकेको थिएन।