बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिद्धार्थ बैंकद्वारा अमरसिंह माध्यमिक विद्यालयमा निर्मित बहुउद्देश्यीय हलको औपचारिक हस्तान्तरण

आइतबार, भाद्र ३० २०८१

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडद्वारा गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित अमरसिंह माध्यमिक विद्यालयलको दृष्टिविहिन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हलको समुद्घाटन गर्दै बैंकले उक्त हल विद्यालयललाई औपचारिक रुपमा हस्तान्तरण गरेको छ । उक्त हलको समुद्घाटन बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडिया तथा विद्यालयका अध्यक्ष कृष्ण प्रसाद कोइरालाद्वारा गरिएको हो।

बैंकले उक्त हल निर्माण गर्नुका साथसाथै विद्यालयललाई २० थान कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरु जस्तै सोलार, यूपीएस र ब्याट्री पनि प्रदान गरेको छ । यस सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको आवश्यकतालाई पुरा गर्दै उनीहरुको आत्मविश्वासमा पनि वृद्धि ल्याउने छ भन्ने विश्वास लिएको छ । यसैगरी विद्यालयलाई प्रदान गरिएका कम्प्युटरहरु मार्फत विद्यार्थीहरुलाई आधुनिक प्रविधिमा पोख्त्त बनाउन, शैक्षिक सामग्री अनलाइन मार्फत प्राप्त गर्न, प्राविधिक सीपलाई बढाउन केही हदसम्मा भए पनि मद्दत पुर्याउनेछ भन्ने विश्वास बैंकले लिएको छ।

बैंकले आफ्नो स्थापनाकालबाट नै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको छ भने आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ।