शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

हृयारिसलाई स्विफ्टको समर्थन

शुक्रबार, भाद्र २८ २०८१

वासिंटन । संगीत उद्योगको सबैभन्दा ठूलो ‘स्टार’ मध्येका एक टेलर स्विफ्टले अमेरिकी राष्ट्रपति पदको बहस समाप्त भएलगत्तै उक्त पदका लागि कमला हृयारिसलाई समर्थन गरेकी छिन्। ‘मलाई लाग्छ कि उहाँ आत्मनियन्त्रण भएकी प्रतिभाशाली नेता छिन् र यदि हामी अराजकताको नभई शान्तिपूर्ण नेतृत्वमा भयौं भने यस मुलुकमा धेरै नै हासिल गर्न सकिन्छ भन्ने मलाई विश्वास छ’, स्विफ्टले इन्स्टाग्राममा पोष्ट गरेकी छिन्।

नोभेम्बरको निर्वाचनमा प्रमुख जनसांख्यिकीयका रूपमा स्विफ्टसँग युवा महिलाहरू माझ समर्पित अनुयायी छन् । उनको पछिल्लो भ्रमणले टिकट बिक्रीमा एक अर्ब डलरभन्दा बढी कमाइ गरेको छ । आधा घन्टाको उनको पोष्टलाई २३ लाखभन्दा धेरै ‘लाइक’ प्राप्त भएको छ ।

उनले आफ्नो बिरालो बेन्जामिन बटनलाई समातेको एउटा तस्बिर समावेश गरिन् र ‘निःसन्तान बिरालो लेडी’ भन्ने सन्देशमा हस्ताक्षर गरिन्। उक्त टिप्पणी डोनाल्ड ट्रम्पका उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सले गरेको तीन वर्ष पुरानो टिप्पणीका सन्दर्भमा आएको हो । भान्सले बच्चा नभएका महिलाहरूसँग मुलुकको भविष्यमा समान दाबी नहुने बताएका थिए।

हृयारिसका एक वरिष्ठ अभियान अधिकारीले समर्थन अभियानसँग समन्वित नभएको बताए। हृयारिसका उपराष्ट्रपति उम्मेदवार टिम वाल्ज एमएसएनबिसीमा प्रत्यक्ष अन्तरवार्ताको बीचमा समर्थनका बारेमा जान्नका लागि उपस्थित भएका थिए। राचेल म्याडोले पाठ पढ्दा वाल्जले मुस्कुराउँदै आफ्नो छाती थप थपाएका थिए। ‘त्यो धाराप्रवाह र स्पष्ट थियो’, वाल्जले भनेँ, ‘अमेरिकामा हामीलाई खडा हुन यस्तै प्रकारको साहसको आवश्यकता छ ।’

स्विफ्टले आफ्नो समर्थन आंशिक रूपमा ट्रम्पको आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता)ले उत्पन्न गर्ने चित्रहरू पोष्ट गर्ने निर्णयबाट प्रेरित भएको लेखेका छन्। यसबाट उनले ट्रम्पको समर्थन गरेको थियो भन्ने थाहा हुन्छ । एकजनाले स्विफ्टलाई अंकल सामका रूपमा कपडा लगाएको देखाएका छन र पोष्टमा भनेका छन्, ‘टेलर डोनाल्ड ट्रम्पलाई मतदान गरुन् भन्ने चाहेकी छिन्।’

‘ट्रम्पको पोष्टले मलाई एक मतदाताका रूपमा मैले यो निर्वाचनका लागि आफ्नो वास्तविक योजनाहरूका बारेमा अत्यन्त पारदर्शी हुन आवश्यक छ भन्ने निर्णयमा पुराएको छ’, स्विफ्टले लेखेकी छिन्, ‘मैले मेरो अनुसन्धान गरेँ र आफ्नो रोजाइ बनाएँ ।’

ट्रम्पले स्विफ्टको कदम ‘समयको प्रश्नमात्र थियो’ भनेका छन्। उनले ‘फक्स एन्ड फ्रेन्ड्स’ लाई भनेँ, ‘स्विफ्ट अत्यन्त उदार व्यक्ति हुन्, उनी सधैं डेमोक्र्यलाई समर्थन गरेको देखिन्छिन् र सम्भवतः उनले बजारमा यसको मूल्य चुकाउनुपर्नेछ ।’

स्विफ्टले सन् २०२० मा डेमोक्रेट उम्मेदवार जो बाइडेनलाई समर्थन गरेकी थिइन् र तत्कालीन उपराष्ट्रपति माइक पेन्सविरुद्ध बहसमा हृयारिसका लागि खुशी व्यक्त गरिन्। उनले ट्रम्पको खुलेआम आलोचना गर्दै भनिन्, उनले श्वेत वर्चस्व र नस्लवादको आगो सल्काएका छन्।’

स्विफ्ट मुलुकभर विशेषगरी डेमोक्र्यटहरूमाझ लोकप्रिय व्यक्तित्व हुन् । सन् २०२३ को अक्टोबरमा फक्स न्यूजले गरेको सवेक्षणमा ६८ प्रतिशत डेमोक्रेटसहित समग्रमा ५५ प्रतिशत मतदाताहरूले स्वीफ्टप्रति उनीहरूको दृष्टिकोण अनुकूल थियो भनेका छन् । सर्वेक्षणमा ४३ प्रतिशतको राय अनुकूल र ४५ प्रतिशतको प्रतिकूलसहित रिपब्लिकनहरू विभाजित रहेको देखिएको थियो ।

रासस/एपी ।