बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बागलुङ जिप दुर्घटना : गाउँपालिका उपाध्यक्षको मृत्यु

शुक्रबार, भाद्र २८ २०८१

बागलुङ । बागलुङबाट रुकुम पूर्व जाँदै गरेको जिप गलकोट नगरपालिका वडा नं २ भुङखानीमा भएको दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष ३३ वर्षीया भूपेन्द्रा बुढामगरको मृत्यु भएको छ ।

शुक्रबार बिहान पुथा उत्तरगङ्गा गाउँपालिकाको रा १ ज २०० नम्बर को पिकअप जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले दुर्घटनास्थलमा गाउँपालिका उपाध्यक्ष बुढामगरको शव फेला परेको बताए । निरीक्षक पौडेलले गाउँपालिका उपाध्यक्षको परिचय पत्रका आधारमा पहिचान खुलेको जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुने तीन जनामध्ये एक जनाको सनाखत भएको उनले बताउ। अन्य मृतक एक पुरुष र एक महिलाको पहिचान खुल्न बाँकी छ ।