काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सामेल भएको छ ।
शुक्रबार बिहान कांग्रेसका तीन जनालाई मन्त्री र राज्यमन्त्री नियुक्त गर्दै मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिमण्डल विस्तार गरेका हुन् ।
योसँगै हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
कांग्रेसले खोटाङका भूपेन्द्र राईको नेतृत्वमा १ राज्यमन्त्री र ३ जना मन्त्री पठाएको छ । राई भौतिक पूर्वाधारमन्त्री बनेका छन् ।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
नयाँ मन्त्रीमा सुनसरीका सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री र ताप्लेजुङका खगेनसिङ हाङगाम उद्योग, कृषि तथा सहकारीमन्त्री नियुक्त भएका छन् ।
भौतिक पूर्वाधार राज्यमन्त्रीमा झापाका भूमिप्रसाद राजवंशी नियुक्त भएका छन् ।
आन्तरिक विवादका कारण कांग्रेसले मन्त्री छान्न नसक्दा यहाँ लामो समय यहाँ मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।