बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

बागलुङमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

शुक्रबार, भाद्र २८ २०८१

बागलुङ ।गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।

दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।

बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ गइरहेको जीप आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन । दुर्घटनामा एक पुरुष घाइते भएका छन् ।
प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ ।

घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।