काठमाडौं । नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन २२ अंकले घटेको घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार ७८ दशमलव १७ अंकले बढेर २६ सय ८८ दशमलव ३८ अंकमा पुगेको छ भने सेन्सिटिभ १३ दशमलव ४० अंकले बढेर चार सय ७६ दशमलव ४८ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय १८ वटा कम्पनीहरुको एक लाख तीन हजार चार सय ६२ पटकको कारोबारमा एक करोड ९४ लाख ३३ हजार एक सय ५४ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम आठ अर्ब १६ करोड ९७ लाख ७४ हजार छ सय १२ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक घटेपनि बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्येके बाँणिज्य बैंक समुहको सुचक ३८ दशमलव ६० अंकले बढेर १४ सय ८८ दशमलव ६९ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय ३५ दशमलव शुन्य दुई अंकले बढेर ३३ सय १८ दशमलव ९८ अंकमा चढेको छ । जीवन बीम समुहको सुुचक पनि चार सय ४१ दशमलव २७ अंकले बढेर १३ हजार एक सय ६९ दशमलव ९९ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ६६ दशमलव ५६ अंकले बढेर १३ हजार चार सय ७४ दशमलव ४४ अंकमा चढेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक बढेका छन्।
नेप्सेमा आज बढी वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने थ्रि स्टार हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।