बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा अब कार, मोटरसाइकल र अन्य उपहार

बिहिबार, भाद्र २७ २०८१

काठमाडौं । सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बास्मती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरुले हात खाली नजानेगरी उपहारहरु पाउन सक्नेछन् । आँउदो चाडपर्वको उपलक्ष्यमा थकाली लङ्ग ग्रेन बास्मती चामलले उक्त योजना ग्राहकहरु माझ लिएर आएको हो।

यो योजना अन्तर्गत ग्राहकहरुकले हरेक चामलको बोरामा हात खाली नजाने गरी उपहारहरु पाउन सक्नेछन् भने भाग्यशाली ग्राहकहरुले चामलको बोरा खरिदमा मोटरसाइकलदेखि कारसम्म पनि पाउन सक्नेछन्।

थकाली लङ्ग ग्रेन बास्मती चामलले आयोजना गरेको डिलर्स मिट मार्फत उक्त योजनाको घोषणा गरेको हो । कम्पनीको अनुसार हरेक बोरामा आकर्षक उपहारहरु राखिएका छन् भने माइक्रोवेभ ओभन, वासिङ्ग मेशिन, रेफ्रीजिरेटर, स्मार्टफोन, स्मार्टवाच का साथसाथै किचेन युटेन्सिल्स गरी विभिन्न प्रकारका उपहार ग्राहकहरुले पाउन सक्नेछन् । साथसाथै केहि भाग्यशाली ग्राहकहरुले थकाली लङ्ग ग्रेन बास्मती चामलको खरीदमा उपहार स्वरुप मोटरसाइकल र गाडी पनि पाउन सक्नेछन्।

उक्त कार्यक्रम मार्फत नै कम्पनीले आफ्ना डिलरहरुको उल्लेखनीय योगदानको कदर गर्दै आफ्ना डिलरहरुलाई उनीहरुको दक्षता अनुसार थाइल्याण्ड, बाली तथा सिङ्गापुर भ्रमण लगायत एशियाकै लक्जरी क्रुजको आनन्द लिन व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । डिलरहरुको दक्षता र प्रतिबद्धता अनुसार डिलरहरुलाई थाइल्याण्ड वा बाली वा सिङ्गापुर भ्रमणमा पठाइने र साथसाथै उक्त भ्रमण अवधिभरको खाने–बस्ने सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने सोही कार्यक्रम मार्फत कम्पनीले जनाएको छ।