आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री

बुधबार, भाद्र २६ २०८१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक दोस्रो संविधानसभाबाट संविधान जारी गर्नमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसमा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयजित स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले दिवंगत नेम्वाङ लोकतन्त्रको साँचो अनुयायी भएको बताए।

दोस्रो संविधान सभा असफल हुन नदिन र संविधान जारी गर्नमा संविधान सभाका अध्यक्ष नेम्वाङको अत्यन्त महत्वपूर्ण र सकारात्मक भूमिका रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले नेम्वाङले पदीय रूपमा मात्र नभई वैचारिक रूपमा पनि संविधान सभाको अध्यक्षता गरेको कुरा सधै देशको सम्झना भइरहने बताए।

उनले भनेँ -‘नेम्वाङ योग्य कानुनविद्, संविधानविद्का साथै लोकतन्त्रको साँचो अनुयायी हुनुहुन्थ्यो । उनको निधनबाट परिवार र हाम्रो पार्टीलाई असाधारण क्षति पुगेको छ नै, देशले जनपक्षीय र देशभक्त व्यक्तित्व गुमाएको छ ।’

अध्यक्ष ओलीले नेम्वाङको नाममा पार्टीले केन्द्रीय प्रतिष्ठान स्थापना गर्ने घोषणा गरेँ । उहाँले नेपालको परिवर्तनमा योगदान गरेका नेताहरूका नाममा स्थापना भएका र गरिने यस्ता प्रतिष्ठान ती नेताहरूका विचार, आदर्श, उनीहरूले अँगालेको बाटो, व्यवहार र आचरण अनुरुप चलाउनुपर्ने विचार व्यक्त गरेँ।

प्रधानमन्त्री ओलीले नेम्वाङले देखाएको आदर्श र उद्देश्य साकार पार्ने प्रण गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेँ।