काठमाडौं । नेपाली कांग्रेसले उपसभापति धनराज गुरुङले गल्ती गरेको भए सजाय भोग्ने स्पष्ट पारेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले गल्ती गरेको भए प्रश्न उठ्नु स्वाभाविक भए पनि, डिभोर्स गरिसकेको विषयमा प्रश्न उठाउनु अनुचित हुने बताएको हो ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘उहाँले गल्ती गर्नुभएको छ भने सजाय भोग्नुहुन्छ। तर, नक्कली डिभोर्सको कुरा उठ्यो। डिभोर्स पनि कहिँ नक्कली हुन्छ ? कानून बमोजिम भएको कुरा नक्कली हुँदैन। उहाँले कानूनी रुपमा डिभोर्स गरेपछि उहाँको कुरा हुन्छ हुँदैन हेर्ने बिषय हुन्छन्। डिभोर्सको बिषयमा छलफल हुन सक्दैन।’
उनले उपसभापति आफैंले छानबिनको लागि तयार रहेको बताइसकेकाले अनुसन्धान प्रकिया अघि बढाउन पार्टी तयार रहेको बताए।