काठमाडौं । कृषि विकास बैंकको संचालक समितिको सदस्यमा दिर्घराज मैनाली नियुक्त भएका छन् । नेपाल सरकार (माननीय उप–प्रधान तथा अर्थमन्त्रीस्तर) को निर्णयानुसार कृषि बिकास बैंक संचालक समितिको संचालक सदस्यमा मैनाली मनोनयन भएका हुन।
नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत रहनु भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए । उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु संजिव कुमार कर्ण, गोविन्द प्रसाद भट्टराई संजिव पौडेल, विनोद कुमार गुरांगाई, रीता सुवेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव श्री हिमलाल पौडेल समेतको उपस्थिती रहेको थियो।