बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

उपसभामुख रानालाई राजीनामा दिन आग्रह गर्ने कांग्रेसकाे निर्णय

बुधबार, भाद्र २६ २०८१

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन आग्रह गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज बसेको पदाधिकारी बैठकमा उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रसस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको हो ।

यो बिषयमा सत्ता गठबन्धनको साझा धारणा बनाएर अघि बढ्ने कांग्रेसले निर्णय गरेको छ ।

प्रमुख सचेतक श्याम घिमिरेले बैठकको निर्णय सुनाउँदै भने, ‘कांग्रेसको बैठकअघि सत्तारुढ दलहरुसँग छलफल गरेर साझा धारणा बनाएर अघि बढ्छौं । यो उहाँमाथि गम्भीर प्रश्न उठेको छ । उहाँले त्यस्तो कुनै सिफारिस गर्ने मिल्दैन । त्यसले संसदलाई नै अपमानित गरेको छ । यसले मुलुकको शिर झुकाएको कांग्रेसको बुझाइ छ ।’

घिमिरेले आजको बैठकले अनाधिकृत रुपमा उपसभामुखले असम्बन्धित व्यक्तिहरुलाई आफूसँगै कार्यक्रममा लैजान दिन भनेर अर्को देशको राजदूतावासलाई पत्र लेख्नु संसदीय व्यवहार नभएको निस्कर्ष निकालेको बताए। उपसभामुख आफैँले राजीनामा दिनुपर्ने र अर्को देशको राजदुतावासको सम्बन्धका विषयलाई लिएर गर्नै नहुने काम गरेको काँग्रेसको निस्कर्ष रहेको उनले बताए ।