बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

लुम्बिनीका वनमन्त्री कुर्मी निरीह, राजीनामा दिन बाध्य

बुधबार, भाद्र २६ २०८१

काठमाडौं। लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् ।

उनीमाथि बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप छ ।

मन्त्री बादशाह कुर्मीले मंगलबार मुख्यमन्त्री चेतनारायण समक्ष राजीनामा दिएका हुन् ।

मन्त्री कुर्मीलाई बर्खास्त गर्न महिला अधिकार मञ्च बांके सहित विभिन्न संघ-संस्थाले एक महिनादेखि काठमाडौंमा धर्ना र माइतीघर मण्डल–बालुवाटार पैदलमार्च सम्मका आन्दोलन भएका थिए ।

कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । मन्त्री बादशाहविरुद्ध निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ ।

कुर्मीलाई कांग्रेस पार्टी केन्द्रले मुद्दाको छिनोफानो नलाग्दासम्म मन्त्री पदबाट राजीनामा दिन भनेको थियो ।