आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सत्तारुढ दलको बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल

उपत्यका नछाड्न सांसदहरुलाई एमालेको निर्देशन

मंगलबार, भाद्र २५ २०८१

काठमाडौं । सत्तारुढ दलको बैठकमा उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे छलफल छलफल भएको छ । सोमबार साँझ प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा उनलाई हटाउने विषय उठेको हो । सो विषय प्रधानमन्त्री केपी ओलीले नै उठाएका थिए।

नेकपाका एमालेका नेताहरुले उपसभामुख रानाले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बैठकमा भनाइ राखेका थिए । बैठकले सुरुमा पद छाड्नका लागि आग्रह गर्ने नमानेको अवस्थामा उनीविरुद्ध पदीय आचरणको अनुकूल काम नगरेको भन्ने महाभियोग प्रस्ताव अघि बढाउने तयारी रहेको छ।

उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्न भिसाको अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूतावासलाई उपसभामुखको लेटरप्याड प्रयोग गरेर पत्र लेखेकी थिइन् ।

यसैबिच नेकपा एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौँ नछाड्न सर्कुलर जारी गरेको छ । उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कुलर गरेको एक नेताले जानकारी दिए ।