आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

मंगलबार, भाद्र २५ २०८१

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा टोखा नगरपालिका–३ मनकामना बस्ने ४४ वर्षीया कमला चुँडाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

कमलाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई टोखा नगरपालिका–३ मनकामना टोलबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।