शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेपाल एसबिआई बैंकद्धारा शाखा कार्यालय स्थानान्तरण

मंगलबार, भाद्र २५ २०८१

काठमाडौं । नेपाल द एसबिआई बैंकले शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले सिद्धार्थनगर नगरपालिका–०५, बैंक रोड, भैरहवा, रुपन्देहीमा अवस्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा नं–०८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको हो।

उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले गरेका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । यसबाट ग्राहकलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ।

बैंकले हाल सबै क्षेत्रमा गरी एक सय वटा शाखा कार्यालय, २२ वटा एक्टेन्सन काउन्टर, १९ वटा शाखारहित सेवा केन्द्र, सात वटा प्रादेशिक कार्यालय, एक सय २१ वटा एटिएम काउन्टर र एउटा कर्पोेरेट कार्यालय मार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ।