काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पनि ५५ दशमलव ८६ अंकले घटेर २६ सय ४६ दशमलव शुन्य तीन अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ५३ अंकले घटेर चार सय ६९ दशमलव १८ अंकमा पुगेको छ । तीन सय २७ वटा कम्पनीह्रुको एक लाख ११ हजार नौं सय ८६ पटकको कारोबारमा दुई करोड १० लाख ४८ हजार नौंै सय ११ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम नौं अर्ब ४३ करोड ९१ लाख छ हजार चार सय २५ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहको सुचक घटेर नेप्से राताम्मै देखिएको छ । सो मध्ये आज बाँणिज्य बैंकह समुहको सुचक ३४ दशमलव २७ अंकले घटेर १४ सय ६५ दशमलव ५३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ८१ दशमलव शुन्य चार अंकले घटेर ३२ सय ३६ दशमलव ९२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय ३३ दशमलव ८९ अंकले घटेर १३ हजार ६९ दशमलव २७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि तीन सय ३३ दशमलव शुन्य आठ अंकले घटेर १३ हजार दुई सय ५८ दशमलव ४२ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेर रातै भएका छन्।
नेप्सेमा आज हाथ्वे इन्भेष्टेमन्ट नेपाल लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । सिईडिबी हाईड्रोपावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।