काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयहरूमा खाजा खाने समय घटाइएको घोषणा गरेका छन् ।
उनले आफ्नो फेसबुक स्टाटसमार्फत यो जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीकाअनुसार अब सरकारी कार्यालयहरूमा खाजा समय एक घण्टाबाट घटाएर दैनिक १ः३० बजेदेखि २ बजेसम्म मात्र कायम गरिएको छ । प्रधानमन्त्री ओलीले यो निर्णय सेवाग्राहीहरूको हितलाई ध्यानमा राखेर गरेका हुन् ।
प्रधानमन्त्री ओलीले यो नयाँ नियमको कार्यान्वयन गर्न सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । उनले भनेका छन्, ‘यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ ।’
प्रधानमन्त्री ओलीको यो कदमलाई सरकारी सेवा प्रवाहमा सुधार ल्याउने प्रयासको रूपमा हेरिएको छ ।