बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

मन्त्रिपरिषद्को बैठक बस्दै

सोमबार, भाद्र २४ २०८१

काठमाडौं । आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ६ बजे बैठक बस्ने तय भएको एक मन्त्रीले जानकारी दिए ।

बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका साथै विभिन्न विषयमा छलफल र निर्णय हुने उनले बताए ।

नयाँ गठबन्धन बनेको करिब २ महिनापछि आजै सत्तारुढ दलहरूको बैठक पनि बस्दै छ । सो बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।

यसअघि आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।

असार १७ गते मध्यराति कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सत्ता सहकार्य गर्ने सहमति भएको थियो ।