बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कुमारी बैंकको ‘तीजको शुभकामना’

शुक्रबार, भाद्र २१ २०८१

काठमाडौं । कुमारी बैंकले तीजको शुभकामना सहित महिला लक्षित क्यास व्याक योजना सुरु गरेको छ । बैंकले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला खातावालालाई लक्षित गरी तीजको उपहारस्वरुप क्यास ब्याक योजना संचालन गरेको हो।

निरन्तररुपमा सरल, सहज तथा नविनतम सेवा सुविधा दिदै आएको कुमारी बैंक लिमिटेडले विदेश बाट रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला लाभग्राहिहरुका खाताहरुबाट डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भूक्तानी गर्दा तिजको शुभकामना स्वरुप यहि भाद्र २० देखि २६ गते सम्म प्रत्येक दिन २५ सेवाग्राहिलाई एक सय रुपैंयाँसम्मको क्यास ब्याक योजना संचालनमा ल्याएको छ । यस योजनाबाट सेवाग्राहिहरुको विद्यूतिय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएकोे छ।

विगत २३ वर्ष देखि निरन्तर बितिय साक्षरता प्रर्वधन गर्दै बैंकिङ्ग सेवा दिदंै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।