काठमाडौं । मोडल भुवन के पोखरेलले दोस्रो राष्ट्रिय विशाल तीज म्युजिक अवार्ड कार्यक्रममा मोडलतर्फबाट सर्वोउत्कृष्ट तीज गीत म्युजिक अवार्ड २०८१ को विजेता बन्न सफल भएका छन् ।
स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ आयोजित दोस्रो बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८१ को फाईनल कार्यक्रम चलचित्र विकास बोर्ड चाबहिल काठमाडौंमा भब्यता पुर्वक सम्पन्न भएको थियो ।
अवार्ड कार्यक्रमको अध्यक्षता विशाल मुभिजका अध्यक्ष हुम गैरेले गरेका थिए भने कार्यक्रमको सञ्चालन राशि रिजालले गरेकी थिइन् ।
प्रतिनीधी सभा सदस्य तथा नेकपा एमाले संसदीय दलकी सचेतक महिला नेत्री माननिय सुनिता बरालको प्रमुख आतिथ्यता,पुर्व प्रहरी प्रमुख सर्बेन्द्र खनाल,बरिष्ठ लोक गायक दुर्गा रायमाझी,ईन्द्र जि.सी, राजेन्द्र कुमार कार्की,नाचघरका पुर्व जि.एम लक्ष्मण रायमाझी लगायतको बिशिष्ट आतिथ्यतामा सम्पन्न फाईनल कार्यक्रममा तिज गीत संग सम्बन्धीत २२ बिधाका करिब ३२ जना कलाकारहरुलाई अवार्ड बितरण गरिएको थियो ।
कार्यक्रममा अवार्ड बितरण,सम्मानको कार्यक्रम संगै बिबिध साँस्कृतीक कार्यक्रम पनि रहेको कार्यक्रम सयोजक कमला बि.शी.ले जानकारी गराईन ।