शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा भिषण पहिरो

९० अंकले घट्दा झण्डै १३ अर्बको कारोबार

बुधबार, भाद्र १९ २०८१

काठमाडौं । नेप्सेमा भिषण पहिरो गएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज बुधबार ९० दशमलव ७३ अंकले घटेर २७ सय ३९ दशमलव ४६ अंकमा सिमित भएको छ । सेन्सिटिभ इन्डेक्स पनि आज १६ दशमलव ३१ अंकले घटेर चार सय ८८ दशमलव ७१ अंकमा सिमित भएको छ । तीन सय २० वटा कम्पनीहरुको एक लाख ३७ हजार एक सय ६३ पटकको कारोबारमा दुई करोड ६५ लाख ८४ हजार एक सय ९२ कित्ता शेयर किनबेच भएको छ । सो अनुसार आज कुल कारोबार रकम १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार दुई सय १५ रुपैंैयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ५० दशमलव २४ अंकलदे घटेर १५ सय ३४ दशमलव ६४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक सय २५ दशमलव ९० अंकले घटेर ३३ सय ७२ दशमलव ३१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि पाँच सय २८ दशमलव ७० अंकले घटेर १३ हजार छ सय ९८ दशमलव ८८ अंकमा पुगेकोमा बिकास बैंक, फाईनान्स, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन्।

आज एक्सेल डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाउँदा कुमारी इक्विटी फण्डले सबैभन्दा बढी गुमाएको छ । नेपाल फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।