काठमाडौँ । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छिन् ।
मंगलबार बसेको कार्यपालिकाको बैठकमा उपमेयर डंगोलले बालेनले एकलौटी निर्णय गर्ने गरेको र सिंगो महानगरनै विवादमा परिरहेको भन्दै उनको कार्यशैलीप्रति उनकै अगाडि असन्तुष्टि जनाएकी हुन्।
यस्तो संवेदनशील विषयमा बोर्ड बैठक बसेर छलफल नगरी मेयरस्तरीय निर्णय भनेर सूचनागएको भन्दै डंगोलले आफूसहित जनप्रतिनिधिहरुले सूचनाबाट नै सो बारेमा जानकारी पाएको बताएकी थिइन् ।
उनले शुरुमा छलफल गरेर निर्णय नगर्दा महानगरका धेरै जसो निर्णय लागु हुन नसकेको र संशोधन गर्नुपरेको बताइन ।
डंगोलले महानगरको आर्थिक ऐनमा सहमति भएको भन्दा फरक सर्कुलर गरिएको भन्दै आपत्ति जनाएकी छन् । उनले सो ऐन कार्यसमितिले पारित गरेमा आफुलाई मान्य नहुने बताएकी थिइन् ।
यस्तै बालेनका गतिविधि अराजनीतिक भएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुरदेउवाले पनि असन्तुष्टि पोखेका छन् ।
शाहका गतिविधि अराजनीतिक र असहिष्णु भएको देउवाको भनाइ छ ।
मंगलवार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका एमाले काठमाडौंका नेताहरूसँग कुरा गर्दै देउवाले काठमाडौं महानगरका मेयर शाहका अभिव्यक्ति र गतिविधिप्रति आक्रोश व्यक्त गरेका हुन् ।
देउवाले मेयरका अराजक गतिविधिको जिम्मेवार र संयमित ढंगले प्रतिवाद गर्नुपर्ने समेत बताएका छन् ।
उनले सर्वोच्च अदालतले नदी किनाराका दुवैतर्फका २०/२० मिटर वरपरका घर बस्ती उठाउने भनी गरेको फैसला अव्यवहारिक र असम्भव रहेको कुरा आएकाले फैसला पुनरावलोकनमा जान सकिने बताएका थिए ।
यस्तै कांग्रेस सांसद सन्तोष चालिसेले पनि संसदमा सर्वोच्चको फैसला पुनरावलोकनमा जानुपर्ने बताएका थिए ।