बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

बालेनले किन हटाए फेसबुकबाट एउटा स्टाटस ?

बुधबार, भाद्र १९ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जाल फेसबुकबाट एउटा स्टाटस हटाएका छन्।

बहालवाला प्रदेश सांसदको बारेमा विवादित स्टाटस लेखेका उनले सो स्टाटस हटाएका हुन् । आलोचनाको शिकार भएपछि बालेन आफैँले उक्त स्टाटस हटाएका हुन् ।

प्रदेश सांसद रेखा शर्माले ८ वर्षदेखि घरेलु कामदार राखेर हिंसा गरेको भन्दै बालेनले आइतबार फेसबुकमा स्टाटस लेखेका थिए।

हाल भने उक्त स्टाटस उनको फेसबुकबाट हटाइएको छ। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि मुछेका थिए।

उनले काठमाडौं महानगरले समात्नभन्दा पनि सरकारले केही नगरेको र मुद्दा चलाउन भने पनि बेवास्ता गरेको जिकिर गरेका थिए।

प्रधानमन्त्री केपी ओलीलाई नै सम्बोधन गरेर हिंसा गर्ने सांसदलाई समाउने कि नसमाउने भनेर बालेनले प्रश्न गरेका थिए।

सांसद शर्माले आफू दाङ बस्ने गरेको र ती बालिका छोरीसँग काठमाडौंमा बस्ने गरेको बताउँदै आएकी छिन्। महानगरले घरेलु कामदारको रूपमा शोषण भएको भन्दै ती बालिकालाई उद्दार गरेको बताउँदै आएको छ।