काठमाडौं । सरकारले आगामी असोज ३ गतेदेखि धरहरा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
तीन वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको धरहरा सहरी विकास मन्त्रालयले सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
सरकारले धरहरा सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेसँगै धरहरा निर्माणको जिम्मेवारी पाएको रमण कन्स्ट्रक्सन कम्पनीले पनि आफ्नो कामलाई तीव्रता दिएको छ ।
कम्पनीकाअनुसार सञ्चालनमा ल्याउने मिति तय भएसँगै सोहीअनुसार काम भइरहेको छ ।
यसबीचै, प्रधानमन्त्री ओलीले पनि धरहरा सञ्चालनमा ल्याउने विषयमा विशेष चासो देखाएका थिए ।
उद्घाटन भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको धरहरालाई गति दिन उहाँले गत साउन १४ गते मन्त्री तथा सचिवहरूलाई विशेष निर्देशन दिएका थिए ।
धरहरा नेपालको राजधानी काठमाडौंको एक प्रमुख पर्यटकीय आकर्षण हो । २०७२ सालको विनाशकारी भूकम्पमा भत्किएपछि यसको पुनर्निर्माण गरिएको थियो ।