शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

‘होस्टेल ३’ बाट डेब्यु गर्दै समा पराजुली

सोमबार, भाद्र १७ २०८१

काठमाडौं । चलचित्र ‘होस्टेल ३’बाट पूर्वमिस सुप्रानेसनल नेपाल समा पराजुली डेब्यु गर्ने भएकी छिन्। निर्माणटिमले एक पोष्टर सार्वजनिक गर्दै समा अनुबन्धित भएकोबारे जानकारी दिएको हो । डेन्टल नर्ससमेत रहेकी समा सन् २०२३ की मिस सुप्रानेसनलकी विजेता हुन् । साथै उनले सन् २०२२ मा द मिस ग्लब जर्मनीको टाइटलसमेत जितेकी थिइन्। समाले होस्टेलजस्तो चर्चित शृंखलामा जोडिन पाउँदा खुशी लागेको बताएकी छिन्।

‘होस्टेल ३’ बाट टिकटकर ‘कुल ब्वाइ’ पारस बम, केदार घिमिरे ‘माग्ने बुढा’ का छोरा आशिष घिमिरे, रिहान गिरी, सिम्रन पन्तले पनि डेब्यु गर्दै छिन् । ‘होस्टेल’ चलचित्र शृंखला स्टारहरू जन्माउनेको रूपमा चिनिन्छ । ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठलगायत कलाकारहरूले डेब्यु गरेकी थिइन्।

त्यस्तै, ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौलालगायत कलाकारहरूले डेब्यु गरेका थिए। उनीहरू सबै नेपाली चलचित्रका सफल कलाकारहरू बनिसकेका छन्। विसं २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ मा रिलिज भएको ‘होस्टेल रिटर्न्सु बक्स अफिसमा सफल चलचित्र हो ।