काठमाडौं । आगामी सरकारको नेतृत्वमा दोस्रो तहका नेताहरुलाई अघि सार्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महामन्त्री विश्वप्रकाश शर्माले सुझाव दिएका छन् ।
आइतबार सानेपामा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै महामन्त्री शर्माले भनेका थिए, ‘जेल, नेल, संघर्ष सबै बेहोर्नुभयो अब त्याग पनि गर्नुस् । ०८३ को असारसम्म केपी ओली प्रधानमन्त्री हुनुहुनेछ । त्यसपछि तपाईंले पार्टीका नेताहरु शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का जसलाई छान्नुहोला, छान्नुहोस् ।’