काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मोबाइल बैंकिङ्ग मार्फत पाँच लाख सम्मको कर्जा सुविधा पाईने भएको छ । वित्तीय समावेशीकरण र सुलभता तर्फको पहल अन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले एनआईएमबी स्र्माट मोबाइल बैंकिङ्ग एपमा एनआईएमबी स्र्माट लोनको सुविधा सुरु गरेको छ।
बैंकका अनुसार यो सुविधा मार्फत, बैंकका योग्य ग्राहकहरुले पाँच लाख रुपैंयाँसम्मको कर्जा एनआईएमबी स्र्माट एप मार्फत बिना कुनै धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन् । बैंकले सो कर्जाको सहज भुक्तानीको लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरु समेत प्रदान गरेको छ । यसमा ग्राहकहरुले १ महिना भित्र वा बढिमा ३६ महिना सम्मकोे सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन् । साथै आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटि तिर्न चाहने ग्राहकहरूको लागि पूर्व भुक्तानीको समेत व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ।
बैंकका अनुसार ग्राहकहरूले आफ्नो एनआईएमबी स्र्माट एप मार्फत इमेल भेरिफिकेशन गरी सजिलै एनआईएमबी स्र्माट लोनमा रजिष्टर गर्न सक्नेछन् । एनआईएमबी स्र्माट लोनको लागि योग्य हुन बैंकले तोकेका विभिन्न मापदण्डहरु पुरा गर्नु पर्दछ जस्तै तलब खाता, नियमित कारोवार, अन्य चुक्ता हुन बाँकी कर्जा नभएको र कर्जाको प्रयोग तथा चुक्ता विवरण आदि । योग्य ग्राहकहरूले आफ्नो एनआईएमबी स्र्माट मोबाइल बैंकिङ्ग एपको होमपेजबाट एनआईएमबी स्र्माट एप्लाई गरि कर्जाका सबै सुविधाहरु र कर्जा सम्बन्धित विवरण प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरूलाई उनीहरूको आवश्यकताहरू पूरा गर्ने थप सुविधाजनक र पहुँचयोग्य वित्तीय सहजता प्रदान गरेर मोबाइल प्लेटफर्म मार्फत बैंकिङ्ग क्षेत्रकै उच्चतम कर्जा रकमको साथ नयाँ स्वरुपमा एनआईएमबी स्र्माट लोन अपग्रड गरिएको सम्बन्धमा बैंकका डिजिटल भुक्तानी विभाग प्रमुख बिश्व सिंहले जानकारी दिएका छन्।