बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एकैदिन ५३ अंकले घट्यो नेप्से

सामुहिक लगानी कोष बाहेक सबै समुहको सुचक रातै

आइतबार, भाद्र १६ २०८१

काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ५३ दशमलव ६३ अंकले घटेर २६ सय ९५ दशमलव ९३ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ९१ अंकले घटेर चार सय ८० दशमलव ८८ अंकमा पुगेको छ । तीन सय ३७ वटा कम्पनीहरुको एक लाख ३० हजार छ सय ३२ पटकको कारोबारमा आज दुई करोड ६२ लाख ४६ हजार चार सय ३५ कित्ता शेयर किनबेच भएको छ । सो अनुसार आज कुल कारोबार रकम १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार तीन सय ४९ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेपनि बाँणिज्य बैंक समुहको सुचक ३६ दशमलव ५१ अंकले घटेर १५ सय २३ दशमलव २४ अंकमा झरेको छ । बिकास बैंक समुहको सुचक पनि एक दशमलव ९८ अंकले घटेर पाँच हजार तीन सय ३५ दशमलव २८ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ८२ दशमलव ३२ अंकले घटेर ३३ सय ३७ दशमलव शुन्य एक अंकमा पुगेको छ । फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन्।

नेप्सेमा आज सुपरमाई हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा पिपुल्स हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । गुडविल फाईनान्सको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ।